Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल कम्युनिष्ट पार्टी  चितवनको जिल्ला कार्यालय प्रशासनको सुरक्षामा रहेको छ । आज आईतबारदेखि प्रशासनले कुनै पनि पक्षले प्रयोग गर्न नपाउने गरी सुरक्षा दिएर राखेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन बमोजिम ठहरेर नआउँजेलका लागि सुरक्षा दिएर राखिएको बताउनुभयो । उहाँले तोकिएर नआएसम्म कुनै पनि पक्षले उक्त कार्यालय प्रयोग गर्न नपाउने जानकारी दिनुभयो ।

कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजबाट सुरक्षाकर्मीले कार्यालयमा कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।

नेकपा चितवनका नेता रामप्रसाद न्यौपानेले पार्टी कार्यालय प्रथम अध्यक्षकै हुने भएकोले अन्य कुनै पक्षलाई अनधिकृत रुपमा प्रयोग गर्न नदिन प्रशासनमा लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कसैले अनधिकृत रुपमा प्रयोग गरे उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष हुने भन्दै कार्यालय बन्द रहेको जानकारी प्रशासनलाई गराईएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया