Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा दीप प्रज्ज्वलन सहित प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।

सो अवसरमा पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गरी मध्यावधी चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठक बताउनुभयो ।प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनबाद जिन्दावाद, आजलाई होईन भोलीलाई हाम्रो समर्थन संस्थापन पक्ष ओलीलाई लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिप प्रज्वलन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया