नवलपुर । भरतपुर महानगरपालिका वडा नं. ९ का ४० वर्षीय बसन्त खनाल लागुऔषध सहित पक्राउ परेका छन । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको लु १ ख ९९१७ नम्बरको बस लाई चेकजाँच गर्ने क्रममा सो बसको डिक्कि भित्र लागुऔषध लुकाई ल्याएका उनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको हो ।
बिनयी त्रिबेणी गाउँपालिका वडा नं २ दाउन्ने स्थित राजमार्गमा को संयुक्त चेकिङ टोलीले सवारी जाचँ गर्ने क्रममा उनि लागुऔषध सहित पक्राउ परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।
बसको डिक्कि भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उनको साथबाट फेन्सिडिल न्यु नामक लागु औषध एकसय एम एलको ५०१ पिस (बोतल) फेला पारिएको प्रहरीले जनाएको छ ।
लागुुऔषध सहित पक्राउ परेका उनिमाथी लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको नवलपुर प्रहरीले जनाएको छ ।