Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर । चितवनको भरतपुरमा “द बर्गर हाउस एण्ड क्रन्ची  फ्राईड चिकन ” सञ्चालनमा आएको छ । काठमाण्डौं उपत्यका सहित देशका प्रमुख शहरमा लामो समयदेखि आफ्नो गुणस्तरलाई कायम राख्दै लोकप्रीय ब्राण्ड बन्न सफल द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकनले भरतपुरको दिपेन्द्रचोकमा ५० औ शाखाको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. १० का स्थानीय युवा सुमित दवाडीले डेढ करोडको लगानीमा सो फेम्ली रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन । गतवर्ष कार्तिक महिनाबाट रेष्टुरेन्टको निर्माण कार्य थालिएपनि लकडाउनका कारण सञ्चालनको सयम केहि महिना सरेको सञ्चालक दवाडीले जानकारी दिए ।


सेवा शुभारम्भको अवसर पारेर द बर्गर हाउस एण्ड क्रन्ची चिकन फ्राईडले ग्राहकहरुलाई १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । एकैपटकमा १२५ जना सम्मको क्ष्मता भएको सो रेष्टुुरेन्टमा २० जनाले रोजगारी पाएका छन ।
आर्कषक सजावटका साथ सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्टमा सेल्फि लिन र टिकटक बनाउनेहरुका लागि समेत आर्कषक वालहरु राखिएको छ ।

तपाईको प्रतिक्रिया