चितवन । भरतपुर महानगरपालिका वडा नं. १५ मा रहेको विश्वप्रकाश माध्यामिक विद्यालयका ७ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणका क्रममा ७ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको विद्यालयका प्रधानाध्यापक जयकृष्ण रिजालले उज्यालो खबरलाई जानकारी दिए ।
संक्रमित शिक्षकहरु मध्ये ६ जना पुरुष र १ जना महिला शिक्षक रहेका छन । रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्षणहरु देखापरेपछि शिक्षकहरुले पीसीआर परिक्षण गराएका थिए । संक्रमित सवै शिक्षकहरु होम आईसोलेसनमा बसेको विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्यापन गराउने शिक्षकहरुमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले पौष १७ गतेसम्मका लागि विद्यालयका पठनपाठन बन्द गराउने निर्णय गरेको छ ।१२ कक्षासम्म पठनपाठन सञ्चालन हुँदै आएको विश्वप्रकाश उच्चमाविमा ६५० जना विद्यार्थीहरु अध्ययनरत छन ।