Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर १० दिनसम्म इकाई साधारणसभा र बिहीबार प्रतिनिधिमूलक साधारण सभा गरेको हो ।

कोभीड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको महामारीमा साधारण सभा कार्यनीति २०७७ अनुरुप संस्थाले साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष क्षेत्रप्रसाद सापकोटाले कार्यनीति अन्तर्गत रहेर आफ्ना सदस्यहरुको टोल बाँडफाँड गरि ९ दिनसम्म इकाइ साधारण सभा सम्पन्न गरेको जानकारी दिए ।

उक्त इकाइ साधारणसभाबाट सर्वसम्मत छानिएका प्रतिनिधीहरुको सहभागितामा संस्थामा नै अन्तिम साधारण सभा सम्पन्न गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । बिहीबार सम्पन्न प्रतिनिधिमूलक साधारण सभामा नौ बुँदे प्रस्तावका गर्नुका साथै संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनमा छलफल गरि पारित गरेका थिए । संस्थाले पुस १३ गतेबाट ईकाइ स्तरको साधारणसभा सुरु गरेको थियो ।

 

तपाईको प्रतिक्रिया