Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले आज ९बुधबार० पत्रकार सम्मेलन गरी पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरु सबैको पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले चोरीका घटना बढेपछि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा शंकास्पद अवस्थामा भरतपुर–१० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडी रोकी राखेको प्रदेश नं।२–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सिसिको पल्सर मोटरसाइकलसहित प्रहरीको विशेष टोलीले मेलोन सुनारलाई पक्राउ गर्न सफल भएको हो ।प्रहरीले थप अनुसन्धानको क्रममा दुई मोटरसाइकल र एउटा स्कुटरसहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया