माघ ८ को राष्ट्रिय भेलामा सकृय सहभागिता जनाउने प्रेस संगठन चितवनको निर्णय
चितवन । प्रेस संगठन नेपाल चितवनको मंगलवार भरतपुरमा सम्पन्न जिल्ला स्तरीय भेलाले माघ ८ गतेको संगठनको राष्ट्रिय भेलामा सकृय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ ।
प्रेस संगठन नेपाल चितवनका अधिकासं सदस्यहरु मुल नेतृत्वमै रहेको निश्कर्ष निकाल्दै भेलामा आसन्न पत्रकार महासंघको निर्वाचन र संगठनको भावी रणनितीबारे समेत छलफल गरेको छ ।
प्रेस संठगन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाको अध्यक्षतामा भएको भेलामा चितवनका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । मुलुकको पछिल...


