Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

 चितवन । माडी ११ राष्ट्रिय स्तरको दोस्रो माडी गोल्डकप फुटबलमा विजयी भएको छ । माडीको बसन्तपुरमा आज भएको खेलमा माडीले बिरगञ्ज युथ एकेडेमीलार्ई ५–१ हरायो । माडीका लागि म्यान अफ द म्याच घोषित रितेश क्षेत्रीले ५ गोल गरेका थिए भने बिरगञ्जका लागि आदित्य शाक्यले सान्तोना गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोली सोमबार अल स्टार क्लब तनहु र सेन्ट्रल कलेज बि एफ सि भरतपुर बिच प्रतिस्पर्धा हुने आयोजक कमिटिका अध्यक्ष नविन बस्यालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रू २ लाख र उपविजेताले रु १ लाख साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन भने विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बस्यालले बताउनुभयो ।

८ क्लबको सहभागिता रहेको प्रतियोगिता माघ १० गतेसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया