×

भरतपुर । रोटरी क्लब अफ नारायणी मिड टाउन चितवन ले चितवन जिल्लाको इच्छाकामना गाँउपालिकाअन्तर्गत रहेको श्री राष्ट्रिय  मावि गर्दासमा महालक्ष्मी विकास बैकं को CSR अन्तर्गतको एकलाख पैसठ्ठी हजार र क्लवको एकलाख पैसठ्ठी हजार  गरि कुल ३ लाख ३० हजार   मा शुद्ध खानेपानी मेसिन जडान गरी सम्बन्धित विद्यालय लाई हस्तान्तरण गरेको छ ।

साथै क्लबले उक्त राष्ट्रिय माबि गर्दासमा झण्डै ३९० जना विद्यार्थीहरु लाई स्टेशनरी सामान वितरण गरेको छ भने क्लब का २२ जना सदस्यले गरिब जेहन्दार २२ जना विद्यार्थी लाई पढाउने सम्पुर्ण खर्च सहित न्यानो कपडा वितरण कार्य सम्पन्न गरेको छ । साथै सोही कार्यक्रममा कक्षा ७,८,९ र १० का विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत क्लबका IPP रोटरियन आशिष भण्डारीले प्रशिक्षण समेत दिनु भएको थियो । क्लबका प्रथम उपाध्यक्ष अर्पण प्रधान भण्डारी ले कक्षा ७,८,९ र १० का छात्राहरुलाई महिनावारी सम्बन्धमा आवश्यक जानकारी सहितको प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा क्लबका अध्यक्ष यामनाथ दनै ले सामाजिक उत्तरदायित्व स्वरुप रोटरीयनहरुले  कार्य गरेको बताउनुभएको थियो । ROTARY को TEACH कार्यक्रम अन्तर्गत नै विद्यालयमा   त्यी  कार्यक्रमहरु भएका हुन्, अध्यक्ष दनैले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया