Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन ।  प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  स्थापना दिवसको अवसर पारेर सरसफाई गरेको छ । मालपोत चोक देखि नहर चोकसम्मको वाईपास रोडको छेउमा रहेको फोहोर संकलन गरीएको थियो ।

निकै लामो समय देखि फोहोर रहेको र अस्पतालको नजिक रहेका कारण फोहोरकै कारण संक्रमण फैलनसक्ने भन्दै सहकारीको स्थापनाको अवसर पारेर सरसफाई गरिएको नेपस्कून उपाध्यक्ष शान्ति अधिकारीले बताउनु भयो । सो सरसफाई कार्यक्रममा अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले महानगरको मुटु बाईपास रोडमा थुप्रीएको फोहोरले नगरवासी सबैलाई गिजाईरहेको महसुस गरेर सरसफाई गरीएको बताउनु भयो ।

उहाँले सबै नागरिकहरु सचेत र जिम्मेवार हुनुपर्ने भन्दै महागरले पनि सरसफाईमा ध्यान दिनपर्ने बताउनु भयो । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सैनिक नमुना टोल बिकास संस्थाको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया