
चितवन – चितवनको भरतपुरमा एक जना नर्स मृत अवस्थामा फेला परेकी छ्न । कञ्चनपुरको महेन्द्रनगर , भगतपुर घर भै भरतपुर महानगरपालिका वार्ड नम्बर ७ कृष्णपुर कान्तिचोकमा डेरागरी बस्ने २४ वर्षीय लक्ष्मी जोशी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन । भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत जोशी आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन। उनि विगत डेढ वर्षदेखि अस्पतालको अंकोलोजी युनिटमा कार्यरत रहेको जनाइएको छ । प्रहरीले उनको शबको पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाएको जनाएको छ । यसैबिच क्यान्सर अस्पतालले नर्स जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ।