×

 

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गरेका दोषीलाई १६ वर्षपछि पक्राउ गरेको हो । माडी नगरपालिका वडा नं। ५ पिपरियाका ४८ वर्षिय शनिचरा महतो पक्राउ परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १७ गते पक्राउ परेका महतोलाई २१ गते भरतपुर कारागार चलान गरिएको छ । महतोले निकुञ्जको कोर ईलाका भालुटापुमा २०६२ असारमा गैंडा मार्ने कार्यमा प्रत्यक्ष संलग्न थिए ।

२०६२ असोज १२ गते दायर मुद्दामा ०६४ पुस २० गते फैसला भएको थियो । निजलाई १५ वर्ष कैद र एक वर्ष जरिवाना सुनाईएको थियो । हालसम्म महतो फरार रहँदै आएका थिए । उनले गैंडा मार्नका लागि भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैंडा मार्ने कार्यमा सहयोग गर्नुसका साथै खाग बिक्रीमा संलग्न भएको पाईएको अधिकारीले  जानकारी दिनुभयो ।सोही मुद्दाका अर्का फरार अभियुक्त सूर्जे महतोलाई एक महिना अगाडि पूर्वी चितवनबाट पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया