Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल कम्युनिष्ट पार्टि नेकपाका सचिवालय सदस्य राम बहादुर थापा (बादल)ले प्रधानमन्त्री बन्ने भए चुनाव जितेर आउन प्रचण्डलाई सुझाव दिएका छन । नेतृत्वलाई अपदस्त गर्न प्रचण्डले गम्भिर षडयन्त्र गरेको भन्दै गुहमन्त्री समेत रहेका बादलले प्रधानमन्त्री बन्नको लागि जालझेलले नहुने बताए ।
चितवनमा आज नेकपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले प्रधानमन्त्री बन्ने भए चुनावमा जितेर आउन र पार्टि अध्यक्ष बन्ने भए महाधिवेशन मार्फत आउन प्रचण्डलाई सुझाव दिए ।
उनले कार्यकर्ताको मन जितेमा अध्यक्ष र जनताको मन जित्न सक्ने मात्रै प्रधानमन्त्री बन्न सक्ने भन्दै देशभक्त र गणतन्त्रबादीलाई जनताले न्याय गर्ने बताए । कार्यकर्तालाई सम्बोधन गृहमन्त्री समेत रहेका नेता बादलले चुनावमा आएर जनताको मन जित्न आग्रह गरे , यो तपाईका लागी अवसर हो आउनुुस चुनावमा किन भाग्नुहुन्छ ? उनले भने । विघटन भैसकेको संसदले तपाईलाई प्रधानमन्त्री बनाउन सक्दैन प्रचण्डतर्फ लक्षित गर्दै बादलले भने ।
आगामी निर्वाचन मार्फत पार्टि झन बलियो भएर अगाडी बढ्ने भन्दै बादलले गणतन्त्र र संघीयता विरोधीहरुलाई जनताले किनारा लगाउने धारणा राखे ।

तपाईको प्रतिक्रिया