इच्छाकामनामा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने
चितवन । नेपाली सेना अन्तर्गत श्री नयाँ सबुज गणको आयोजनामा इच्छाकामना गाउँपालिकाको समन्वय तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर (पुरानो मेडिकल कलेज)को प्राविधिक सहयोगमा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
पौष ५ गते शनिबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका–०७, गर्दासस्थित राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिने जनाइएको छ।
शिविरमा जनरल फिजिसियन, छाला, यौन तथा कुष्ठ रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, मधु...


