×

चितवन- समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

हाम्रो राप्ती एफ.एम. र बिशाल न्युजको आयोजनामा तथा राप्ती नगरपालिका र हेटौडा उपमहानगरपालिकाको प्रवद्र्धनमा सम्पन्न कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो।

अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगर बाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्ष बाट प्रदिप शर्मा र युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो।

यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई र राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ्ग र महिला उद्यमी वर्ष २०८२ बाट सिता गुरुङ्ग सम्मानित हुनुभयो।

अवार्ड वितरण भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त वली, वडा नं. ५ का अध्यक्ष सिताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ्ग, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मी उत्तम थापा तथा राप्ती प्याव्सनका अध्यक्ष दिपक सारु लगायतका विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता अवार्डहरूले समाजमा सकारात्मक ऊर्जा, प्रेरणा र जिम्मेवारी बोध गराउने विश्वास व्यक्त गर्नुभयो। आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया