काठमाडौं । नेकपा एमालेले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना बनाइएको छ ।
कुल ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ ।यसमा जेनजी पुस्ताको प्रतिनिधित्व गराइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।





















उज्यालो खबर










