×

चितवन सेरोफेरो

नारायणी नदीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

नारायणी नदीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता
चितवन- चितवनको भरतपुर महानगरपालिका–१, नारायणी तिरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। आज दिउँसो करिब ३:३० बजे पौडी खेल्दै गरेका मकवानपुर गढि गाउँपालिका–६ का २८ वर्षीय प्रकाश घिमिरे नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएको जानकारी प्राप्त भएपछि वयोप्रहरी कार्यालय नारायणगढबाट प्रनानि अर्जुन पौडेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा घिमिरेले लगाएका कपडा तथा एक मोबाइल फोन फेला परेको प्रहरीले बताएको छ। मोबाइलमा आएको...

स्मल हेभन स्कुलमा अन्तरविद्यालय एथलेटिक्स मिट सुरु

स्मल हेभन स्कुलमा अन्तरविद्यालय एथलेटिक्स मिट सुरु
चितवन - चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा आज बुधबारदेखि अन्तर विद्यालय एथलेटिक्स मिट सुरु भएको छ । जिल्लाका ३२ वटा नीजि विद्यालय सहभागी भएको एथलेटिक्स मिटको कार्यक्रमका प्रमुख अतिथि ओलम्पिक एथलेटिक्स खेलाडी बैकुण्ठ मानन्धरले उद्घाटन गरे । तीन दिनसम्म चल्ने एथलेटिक्स मिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै किर्तिमानी खेलाडी मानन्धरले विद्यालयस्तरमा नै खेलकुदको विकास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताए । ‘विद्यालय नै हरेक खेलकुदको राष्ट्रिय प्रतिभ...

चितवन उद्योग वाणिज्य संघमा नयाँ दाबी: सुवेदीद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

चितवन उद्योग वाणिज्य संघमा नयाँ दाबी: सुवेदीद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा
चितवन -उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले आगामी पुस २१ गते हुने संघको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले  सामाजिक सञ्जाल फेसबुक मार्फत एक सार्वजनिक अपिल जारी गर्दै आफ्नो दुई दशक लामो संघीय अनुभव, योगदान र आगामी कार्यदृष्टि प्रस्तुत गर्दै उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्। सुवेदीले विसं २०६० देखि संघको विभिन्न तहमा रहेर सेवा गर्दै आएको उल्लेख गर्दै आफूले कार्यसमिति सदस्यदेखि तृतीय, द्वितीय र पहिलो उपाध्यक्ष हुँदै व...

चितवन सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव पुस ११–१३ गतेसम्म हुने

चितवन सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव पुस ११–१३ गतेसम्म हुने
चितवन — क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा र यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा १९औँ हात्ती तथा पर्यटन महोत्सव–२०८२ आगामी पुस ११ गतेदेखि १३ गतेसम्म पर्यटन नगरी सौराहामा हुने भएको छ। २०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव चितवनको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मानिन्छ। यस वर्षको महोत्सवमा हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्ती स्वास्थ्य शिविर, तथा हात्तीको दैनिकीबारे जानकारी प्रदान गर्ने कार्यक्रमहरु रहनेछन्। साथै, पालिका...

चितवनको रत्ननगरका वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ

चितवनको रत्ननगरका वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ
चितवनको कालिका नगरपालिका–६, लालचोकबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका-१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी पनि रहेका छन्। सुवेदी तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरूमा कालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर...

Wiz Cloud Security Championship: फोर्ब्स कलेजका दुई विद्यार्थी विश्वको शीर्ष ३० भित्र

Wiz Cloud Security Championship: फोर्ब्स कलेजका दुई विद्यार्थी विश्वको शीर्ष ३० भित्र
काठमाडौँ । विश्वभरका ७०० भन्दा बढी ह्याकर तथा क्लाउड सुरक्षा इन्जिनियर सहभागी रहेको प्रतिष्ठित ‘Wiz Cloud Security Championship’ मा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीले उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। एक वर्षे यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको छैटौँ महिनासम्म आइपुग्दा उनीहरूले क्रमशः २२औँ र २९औँ स्थान सुरक्षित गर्न सफल भएका हुन्। क्लाउड सुरक्षामा आधारित यो प्रतियोगितामा AWS, GCP, Kubernetes जस्ता प्लेटफर्ममा वास्तविक सुरक्षागत कमजोरीका आधारमा हर...

बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य
कीर्तिपुर - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ सुरु गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन जोड्यो। चितवनका स्टार अलराउन्डर बि बोपारा पुनः उत्कृष्ट फर्ममा देखिए। लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गर्दै उनले ३८ बलमा ६५ रन बनाए, जसमा ३ चौका र ४ छक्का समावेश थिए।उनलाई साथ दिने क्रममा सैफ जैबले ३२ रन, देव खनालल...

गैंडाकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

गैंडाकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
गैंडाकोट- गैंडाकोट नगरपालिकाले मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ। नगरपालिकाको आयोजनामा तथा आफन्त नेपालको सहकार्यमा आयोजित कार्यक्रम अन्तरक्रिया र प्रतिबद्धता पत्रमा हस्ताक्षरसँगै उद्घाटन गरिएको हो। कार्यक्रममा सहभागिहरूले सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा गरिने शारीरिक, मानसिक वा यौनजन्य हानी नै लैङ्गिक हिंसा भएको उल्लेख गर्दै यस्तो हिंसा रोकथामका लागि सबैले संयुक्त रूपमा ...

चितवनमा ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते

चितवनमा ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
चितवन — भरतपुर महानगरपालिका–१० मालपोतचोकमा आज बिहान ग्यास बुलेट र मोटरसाइकल आपसमा ठोक्किँदा एक छोरीको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ गइरहेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट (NL 01 L 2453) ले बिहान करिब ७ बजे बा.प्र. ०६–००५प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा लमजुङ मध्यमनेपाल नगरपालिका–३का ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् भने पछाडि सवार १८ वर्षीया उनकी छोरी राइना श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्...