चितवन- चितवनको भरतपुर महानगरपालिका–१, नारायणी तिरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। आज दिउँसो करिब ३:३० बजे पौडी खेल्दै गरेका मकवानपुर गढि गाउँपालिका–६ का २८ वर्षीय प्रकाश घिमिरे नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता भएको जानकारी प्राप्त भएपछि वयोप्रहरी कार्यालय नारायणगढबाट प्रनानि अर्जुन पौडेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा घिमिरेले लगाएका कपडा तथा एक मोबाइल फोन फेला परेको प्रहरीले बताएको छ।
मोबाइलमा आएको फोन मार्फत सम्पर्क हुँदा घिमिरेसँगै रहेका उनका साथी सबिन बजगाईँले घटना पुष्टि गरेका छन्। हाल प्रहरीले नदीमा खोज तथा उद्धार कार्य जारी राखेको छ।





















उज्यालो खबर










