नारायणगढ–पथलैया सडक विस्तार : फ्लाइओभरसहित ठेक्का आह्वान अन्तिम चरणमा
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक विस्तारका लागि ठेक्का आह्वानको तयारी अन्तिम चरणमा पुगेको छ। एशियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुन लागेको यो परियोजनामा नेपालमै पहिलोपटक वन्यजन्तुमैत्री फ्लाइओभर निर्माण गर्न लागिएको हो।
कुल १०० किलोमिटर दूरीको यस खण्डमध्ये पहिलो चरणमा नारायणगढ–गोंद्राङ करिब सात किलोमिटर सडक विस्तार भइसकेको छ। बाँकी भागको विस्तारका लागि छिट्टै नयाँ ठेक्का आह्वान हुने सडक विभागको एडीबी आयोजन...


