×

चितवन सेरोफेरो

जिल्लास्तरीय नेपाली हिज्जे प्रतियोगिता : भानु मेमोरियल पहिलो, गोल्डेन फ्युचर दोस्रो

जिल्लास्तरीय नेपाली हिज्जे प्रतियोगिता : भानु मेमोरियल पहिलो, गोल्डेन फ्युचर दोस्रो
भरतपुर । विज्ञले शब्द उच्चारण गर्नेबित्तिकै प्रतिस्पर्धी विद्यार्थीले त्यसको हिज्जे, अर्थ, पर्यायवाची वा विपरीतार्थी तुरुन्तै सुनाउँदै गए। कतिपय शब्दमा विद्यार्थीहरू तत्क्षण उत्तर दिन सफल भए भने कहिलेकाहीँ अलमलिँदै अर्को समूहलाई पास पनि गरिदिन्थे।कतिबेला सबै समूहले सही उत्तर दिन्थे, कतिबेला कुनै समूहले पनि ठिक उत्तर निकाल्न सकेनन्। चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीले पहिलोपटक आयोजना गरेको जिल्लास्तरीय नेपाली हिज्जे (स्पेलिङ्ग) प्रतियोगितामा प्रतिस्पर्धी विद्यार्थीहरूको प्...

खेलकुद महोत्सवमा भएको सेपाकताक्रोमा पुरुष महिला दुबै उपाधि नवलपुरलाई

खेलकुद महोत्सवमा भएको सेपाकताक्रोमा पुरुष महिला दुबै उपाधि नवलपुरलाई
चितवन । नेपालमा कमै मात्रामा स्थान पाउने गरेको खेल सेपाकताक्रो नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा खेलाईएको छ । दुई दिनसम्म चलेको सेपाकताक्रो प्रतियोगिताको पुरुष तर्फको उपाधि नवलपुर सेपाकताक्रो संघ नवलपुरले जितेको छ । आज ९शनिबार० बिहान सम्पन्न प्रतियोगिताको फाइनलमा सिद्धिबिनायक मावि भरतपुर ११ बसेनीलाई हराउँदै नवलपुर सेपाकताक्रो संघले उपाधि जितेको हो । नवलपुरबाट विजय महतो, विपिन थनेत, पदमबहादुर ठाडा मगर, निरज महतो र नरकुमार मगरले प्रतिस्पर्धा गरेका थि...

चितवनको जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन-  चितवनको भरतपुर महानगरपालिका–२३, जगतपुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–६, बछौलीका ३३ वर्षीय सुरेश महतोको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार बिहान करिब १०:१५ बजे ७ नम्बर चोकबाट कसरा चोकतर्फ जाँदै गरेको लक्ष्मी माध्यमिक विद्यालयको बा.प्र.३–००१ ग ००२९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका मह...

१५ करोड निकासा भयो, धुर्मुस हातमा पत्र लिएर पुगे – भरतपुरको ढोका अझै बन्द

१५ करोड निकासा भयो, धुर्मुस हातमा पत्र लिएर पुगे – भरतपुरको ढोका अझै बन्द
चितवन — अर्थ मन्त्रालयले रकम निकासा गरिसके पनि भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बक्यौता भुक्तानी गर्न आनाकानी गरिरहेको छ।धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेल ‘धुर्मुस’ बुधबार आफैं अर्थ मन्त्रालयको पत्र लिएर महानगर कार्यालय पुगेका छन्। चालु आर्थिक वर्षको बजेटमा नै रंगशालाको निर्माणाधीन संरचना खरिद शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको प्राविधिक मूल्यांकनका आधारमा अर्थमन्त्री विष्...

देवघाटका विद्यार्थीलाई फेन्सी संघ र साकोसद्वारा न्यानो कपडा वितरण

देवघाटका विद्यार्थीलाई फेन्सी संघ र साकोसद्वारा न्यानो कपडा वितरण
चितवन-  फेन्सी व्यवसायी संघ चितवन र फेन्सी साकोसको संयुक्त पहलमा देवघाटस्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयका १२६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी गरिएको उक्त कार्यक्रमले विद्यालय समुदायमा उत्साह जगाएको छ। कार्यक्रमका प्रमुख अतिथि फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेल हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देलले गर्...

चितवन राष्ट्रिय निकुञ्ज र आयोजना टोलीद्वारा नदी किनारको संरचना अध्ययन

चितवन राष्ट्रिय निकुञ्ज र आयोजना टोलीद्वारा नदी किनारको संरचना अध्ययन
चितवन- चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सहितको संयुक्त टोलीले आज नारायणी नदी तटीय क्षेत्रमा फिल्ड अवलोकन गरेको छ। अवलोकन टोलीमा आयोजना प्रमुख डा. नारायण प्रसाद सुवेदी, आयोजनाका अन्य प्राविधिक टिमका सदस्यहरू तथा चितवन राष्ट्रिय निकुञ्जका अधिकृत र कर्मचारीहरूको सहभागिता रहेको थियो। टोलीले मझुवा, हिरापुर, सिसुवार हुँदै निहुरेचोक सम्मको नदी तटीय क्षेत्रमा LB–29 सेगमेन्टअन्तर्गतको संयुक्त फिल्ड भ्रमण सम्पन्न गरेको हो। भ्रमणको उद्देश्य नारायणी नदी नियन्त्रण संरचनाल...

‘प्रतिगामी षडयन्त्रविरुद्ध’ नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै

‘प्रतिगामी षडयन्त्रविरुद्ध’ नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै
काठमाडौँ । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गर्न लागेको हो । यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमाले...

बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द

बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
विराटनगर । बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ ।पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । १२२ क्षेत्रमा एक ...

सौराहामा भोलिदेखि रास्वपाको विस्तारित बैठक, तयारी पूरा

सौराहामा भोलिदेखि रास्वपाको विस्तारित बैठक, तयारी पूरा
चितवन -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक भोलि (शुक्रबार) बिहानदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुने भएको छ। बैठकका सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।२१ र २२ कात्तिकमा सञ्चालन हुने उक्त बैठकले पार्टीको आगामी राजनीतिक दिशा, सांगठनिक पुनर्गठन तथा फागुनमा तोकिएको महाधिवेशनका विषयमा निर्णय गर्नेछ। बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्ने कार्यक्रम तय गरिएको छ। रास्वपाले आज सौराहामा पत्रकार सम्मेलन आयोजना गर्दै तयारी पूर...