डिजिटल साक्षरता र साइबर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा र माईती नेपालको सहकार्यमा डिजिटल साक्षरता तथा साइबर सुरक्षासम्बन्धी एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
“नागरिक–प्रहरी सहकार्य : सुरक्षाका लागि अपरिहार्य” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम सोमबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा सम्पन्न गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले प्रहरी र नागरिकबीच आपसी सहयोगले मात्र आधुनिक युगका सुरक्षा चुनौतीहरू सामना गर्न सकिने बताएका थिए।
कार्यक...


