भरतपुरमा युवा व्यवसायी सिग्देलमाथि पुनः आक्रमण
चितवन- भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ)माथि पुनः आक्रमण भएको छ। पपुलर शैलुनका सञ्चालक सिग्देलमाथि बिहीबार अपरान्ह अपरिचित समूहले आक्रमण गरेको हो।
काम सकेर घर फर्कने क्रममा सिग्देलमाथि सिजी ल्याण्डमार्कको पार्किङ क्षेत्रमा तीन जनाको समूहमा आएका व्यक्तिहरूले आक्रमण गरेका थिए। सिसीटिभी फुटेजमा ती व्यक्तिहरू प्रवेशद्वारमा कुरेर बसेका र सिग्देललाई देख्नेबित्तिकै मोटरसाइकलको हेलमेट प्रयोग गरी आक्रमण गरेको देखिन्छ। मलका सुरक्षा गार्ड त्यह...


