×

चितवन सेरोफेरो

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द
चितवन–चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।आज साँझ बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो । नारायणघाट मुग्लिन सडक खण्डमा जोखिम बढेकोले सवारी आवागनमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । यस्तै बैठकले बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर ,नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाउने निर...

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन रोक

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन रोक
चितवन-  निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधनको आवागमन रोकिएको छ। तुईन खोला लगायत स्थानहरूमा पहिरोको जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले आज  साँझ ६ बजेबाट सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाएको हो। सडक डिभिजनका अनुसार सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी संभावित दुर्घटना न्यूनीकरणका लागि यो निर्णय गरिएको हो।वर्षा निरन्तर जारी रहेकाले उक्त सडक खण्डमा ढुंगा खस्ने र पहिरो आउन सक्ने जोखिम बढेकाले सर्वसाधारणलाई यात्रा नगर्न आग्रह गरिएको छ। ...

नारायणगढ–मुग्लिन सडकमा ढुंगा खसिरहेकाले सवारी आवागमन बन्द

नारायणगढ–मुग्लिन सडकमा ढुंगा खसिरहेकाले सवारी आवागमन बन्द
काठमाडौं । अविरल वर्षासँगै बढेको पहिरोको जोखिमका कारण चितवन ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ। शुक्रबार रातिदेखि लगातार वर्षा भइरहेकाले तुइन खोलासहितका क्षेत्रमा ढुङ्गा खस्ने क्रम रोकिएको छैन। शुक्रबार राति बाटो एकतर्फी चलाइए पनि शनिबार बिहानैदेखि पूर्ण रूपमा यातायात रोकिएको चितवन ट्राफिकले जानकारी दिएको छ। ‘तुइन खोलामा पहिरो तथा केही स्थानमा ढुङ्गा खस्ने क्रम जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा सडकमा सवारी आव...

चितवन कारागारबाट भागेका १७० कैदीबन्दी अझै फर्केनन्, दसैँमा सुरक्षा जोखिम

चितवन कारागारबाट भागेका १७० कैदीबन्दी अझै फर्केनन्, दसैँमा सुरक्षा जोखिम
चितवन । दसैँको समय यहाँको सुरक्षा व्यवस्था व्यवस्थापनको लागि जिल्ला सुरक्षा समितिले मुख्य चार क्षेत्र निर्धारण गरेर सुरक्षा कामको थालनी गरेको जनाएको छ । जिल्ला सुरक्षा समितिले मुख्य गरि दैनिक पहिरो खसेको कारण नारायणगढ हुँदै काठमाडौं जाने राजमार्ग क्षेत्र, जिल्ला र देशका अन्य कारागारबाट भागेका कैदीबन्दीका कारण हुनसक्ने सुरक्षा जोखिमलाई मुख्य सुरक्षा जोखिमको रुपमा लिएको छ । त्यसैगरि जिल्लाका अन्य सडकहरुमा सवारी साधन नपाउँदा यात्रु धेरै बोक्ने, मादकपदार्थ सेवन गरि यातायातक...

पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए- केपी ओली

पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए- केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते पाँच मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्। भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको सुनाएका हुन्। ‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने ...

मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो भोलि बिहानसम्म पन्छाइने

मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो भोलि बिहानसम्म पन्छाइने
चितवन-  मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको ठूलो पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिलेसम्म करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। नारायणगढतर्फबाट एक्साभेटर–१, लोडर–१ र मुग्लिनतर्फबाट एक्साभेटर–१, लोडर–२ सहित पाँचवटा उपकरण परिचालनमा छन्। साथै, दुवैतर्फ ब्याक–हो लोडर तैनाथ गरिएको छ। साँघुरो स्थानका कारण एकैपटकमा पाँचवटा उपकरण मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको छ। ठूलाठूला ढुंगाका कारण केही कठिनाइ भए पनि उपल...

पुरानो मेडिकल कलेजका नर्स आन्दोलनमा : तलब वृद्धि र सुविधा माग

पुरानो मेडिकल कलेजका नर्स आन्दोलनमा : तलब वृद्धि र सुविधा माग
चितवन । पुरानो मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सहरूले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छन्। उनीहरूका अनुसार लामो समयदेखि तलब र सुविधामा असन्तुलन छ, जसले स्वास्थ्य सेवामा असर पारिरहेको छ। नर्सहरूले उठाएका मुख्य मागहरूमा तलब वृद्धि, स्टाफ संख्या वृद्धि, ओपरेशन थियेटर (OT) को छुट्टै तलब भत्ता र चाडपर्वको छुट्टै भुक्तानी समावेश छन्। उनीहरूले भन्छन्, “हामी स्वास्थ्य सेवामा लगातार काम गर्दै आएका छौं, तर हाम्रो मेहनत अनुसार उचित सुविधा र भुक्तानी पाउन सकेका छैनौं।” आन्दोलनले अ...

मुग्लिन–काठमाडौं सडक अवरुद्ध, दशैंमा गाउँ जाँदै गरेका सयौं यात्रु अलपत्र

मुग्लिन–काठमाडौं सडक अवरुद्ध, दशैंमा गाउँ जाँदै गरेका सयौं यात्रु अलपत्र
धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी बन्द भएको छ। गएराति खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि राति नै फेरि ठूलो पहिरो झरेपछि सडक सम्पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। प्रहरीका अनुसार पहिरो झर्ने क्रम निरन्तर रहेकाले अहिलेसम्म पन्छाउने काम सुरु गर्न नसकिएको छ। बाटो बन्द रहेकाले यात्रु र सवारी चालकदलका सदस्यहरू बाटोमै अलपत्र पर...

ब्रेकिङ: आज राति ९ बजेदेखि मुग्लिन–नारायणगढ सडक बन्द हुने

ब्रेकिङ: आज राति ९ बजेदेखि मुग्लिन–नारायणगढ सडक बन्द हुने
चितवन — चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला नजिकैको मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला सुरक्षा समितिका अनुसार सो क्षेत्रमा अझै पनि सुख्खा पहिरो खस्ने उच्च जोखिम कायम रहेकाले यात्रु सुरक्षालाई मध्यनजर गर्दै आज राति ९:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको हो। समितिले यात्रु, चालक र सम्बन्धित सरोकारवालाहरुलाई असुविधा भए पनि सुरक्षालाई प्राथमिकतामा राखी निर्णयमा ...