×

चितवन-  निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधनको आवागमन रोकिएको छ। तुईन खोला लगायत स्थानहरूमा पहिरोको जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले आज  साँझ ६ बजेबाट सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाएको हो।

सडक डिभिजनका अनुसार सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी संभावित दुर्घटना न्यूनीकरणका लागि यो निर्णय गरिएको हो।वर्षा निरन्तर जारी रहेकाले उक्त सडक खण्डमा ढुंगा खस्ने र पहिरो आउन सक्ने जोखिम बढेकाले सर्वसाधारणलाई यात्रा नगर्न आग्रह गरिएको छ।

अत्यावश्यक सवारीसाधनहरूलाई भने सुरक्षा निकायसँग समन्वय गरी मात्र यात्रा गर्न अनुमति दिइने डिभिजनले जनाएको छ।

तपाईको प्रतिक्रिया