×

चितवन सेरोफेरो

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ । ‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’उनका अनुसार, भोलि पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवाग...

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्डमा आवागमन ठप्प

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्डमा आवागमन ठप्प
चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २ दशमलब ५ किलोमिटर नारायणगढतर्फ तुईन खोलामा माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले रात परेको कारणले पहिरो पन्छाउन समस्या हुने बताए ।‘पहिरो ठूलो भएकोले पन्छाउन समय पनि लाग्छ, अहिले पनि पहिरो खसिरहेको छ, रात पनि पर्यो,’ शर्माले भने ‘पहिरो पन्छाउन क...

मुग्लिनमा पहराबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुको मृत्यु

मुग्लिनमा पहराबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुको मृत्यु
नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेका बसमा पहराबाट खसेको ढुंगाले लाग्दा एक जना यात्रुको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट खसेको ढुंगाले लागेको हो। ढुंगाले लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामीको मृत्यु भएको प्रहरीले जनाएको छ।ढुंगाले लागेर गम्भीर घाइते भएका कामीको पुरानो मेडि...

भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू

भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
चितवन-  चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले विशेष आदेश जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र चार किला तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, भेला तथा बैठक गर्न निषेधाज्ञा जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार जारी गरेको आदेशअनुसार आज  बिहान १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सो क्षेत्रलाई संवेदनशील मानेर निषेधाज्ञा गरिएको हो।प्रशासनले अनावश्यक भिडभाड, शान्ति सुरक्षामा चुनौती आउने सम्भावना र अमनचयन कायम राख्न निषेधा...

जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् । भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्वस्स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का...

भरतपुर जनसेवा सहकारीमा अध्यक्षमा सेढाई सहित नयाँ समिति सर्वसम्मत निर्वाचित

भरतपुर जनसेवा सहकारीमा अध्यक्षमा सेढाई सहित नयाँ समिति सर्वसम्मत निर्वाचित
चितवन - भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ। संस्थाको वार्षिक साधारण सभाले चेतप्रसाद सेढाईलाई अध्यक्ष चयन गर्दै नयाँ सञ्चालक समिति गठन गरेको हो। उपाध्यक्षमा रामप्रसाद सापकोटा, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा महेन्द्रप्रसाद न्यौपाने तथा सदस्यमा संगिता थापा, मिना पौडेल, विमला भट्टराई, भरतबहादुर सुवेदी र छन्दलाल इटनी निर्वाचित भएका छन्। यस्तै, भरतप्रसाद काफ्लेको संयोजकत्वमा कुमार उप्रेती र हरिप्रसाद भट्टराई सदस्य रहेको लेखा ...

चितवन सहितका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा

चितवन सहितका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा
हेटौंडा- बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते (आइतबार) चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडाबाट जारी सूचनाअनुसार बागमती प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, भाग ३ मा प्रकाशित निर्णयअनुसार सो दिन जिल्लाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थामा बिदा लागू हुनेछ। छोनाम पर्व चेपाङ समुदायले विशेष रुपमा मनाउने सांस्कृतिक चाड हो। यस निर्णयले समुदायको ...

चितवनकाे नयाँ सीडीओ – गणेश अर्याल आउने

चितवनकाे नयाँ सीडीओ – गणेश अर्याल आउने
चितवन -  चितवनकाे नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा गणेश अर्याल आउने भएका छन् । गृहमन्त्रालयले उनलाई चितवन पठाउने निर्णय गरेको हो ।राजनीतिक र शान्ति-सुरक्षाका हिसाबले संवेदनशील मानिने चितवनमा पछिल्लो समय प्रजिअ नियुक्तिमा रस्साकस्सी थियो। गृह मन्त्रालयले आधा दर्जन बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको हो। पर्साको प्रजिअबाट गृह मन्त्रालयमा सरुवा भएका अर्याल रुपन्देहीका सिडिओ हुँदा साउदी अरेबियामा मृत्युदण्ड पाएका नेपालीलाई ४७ लाख ब्लडमन...

नेपोभिट टायलको प्रमुख प्रायोजनमा लायन्स क्लबको ठूलो खेलकुद इभेन्ट सुरु हुँदै

नेपोभिट टायलको प्रमुख प्रायोजनमा लायन्स क्लबको ठूलो खेलकुद इभेन्ट सुरु हुँदै
चितवन - लायन्स क्लब अफ चितवन राईजले आयोजना गर्न लागेको ब्याडमिन्टन प्रतियोगितामा सबै लायन्स क्लबलाई सहयोग गर्न डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको छ। आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजित छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग आवश्यक रहेको बताउनुभयो। प्रतियोगिता असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा हुनेछ। कार्यक्रममा क्लबका अध्यक्ष, जोन चेयर पर्सन, रिजन चेयर, क्लस्टर चिफ र क्याबिनेटका पदाधिकारी तथा लायन्सकर्म...