×

हेटौंडा- बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते (आइतबार) चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडाबाट जारी सूचनाअनुसार बागमती प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, भाग ३ मा प्रकाशित निर्णयअनुसार सो दिन जिल्लाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थामा बिदा लागू हुनेछ।

छोनाम पर्व चेपाङ समुदायले विशेष रुपमा मनाउने सांस्कृतिक चाड हो। यस निर्णयले समुदायको सांस्कृतिक पहिचान र चाडपर्वको संरक्षणमा राज्यको सकारात्मक योगदान हुने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया