चितवनको कालिकामा मोटरसाइकल दुर्घटना चारजना घाइते
चितवनको कालिका नगरपालिका–३, बनकट्टा स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एउटै मोटरसाइकलमा सवार चारै जना घाइते भएका छन्।प्रहरीका अनुसार राति करिब १२:५० बजे ना ५४ प १९१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा कालिका नगरपालिका–५ का २६ वर्षीय समिर महतो हातखुट्टामा चोट लागी मध्यम घाइते भएका छन् र हाल भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन्।सोही ठाउँका २८ वर्षीय किस्न मर्दनिया (मोटरसाइकल चालक) सामान्य घाइते भई नयाँ मेडिकल कलेजमा उपचार भइरहे...


