चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्र किलोमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पुर्याइए पनि बिहान ९:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक पुरुषको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन ।
दुर्घटनामा दुबै सवारीसाधनमा क्षति पुगे पनि सडक अवरुद्ध भएको छैन । बस चालक लम्जुङ बेसीसहर नगरपालिका–११ का २७ वर्षीय मनबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


उज्यालो खबर