×

चितवन सेरोफेरो

एटुजेड समाचारको ‘तेस्रो तीज विशेष आर्टिकल लेखन’ प्रतियोगितामा २५ जनाको सहभागीता

एटुजेड समाचारको ‘तेस्रो तीज विशेष आर्टिकल लेखन’ प्रतियोगितामा २५ जनाको सहभागीता
चितवन – एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच 'तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता' मा २५ जनाले सहभागीता जनाएका छन् । एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच "हरितालिका तीज : पर्व कि प्रदर्शन ?" शीर्षकमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरेको थियो । आर्टिकल लेखनका लागि साउन २५ देखी भाद्र ४ गते सम्म समय दिईएको थियो । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र ५ गते एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको छ । आयो...

१४ सहसचिव र उपसचिवको सरुवा (नामावली)

१४ सहसचिव र उपसचिवको सरुवा  (नामावली)
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मातहतका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) स्तरका १४ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूचनाअनुसार सहसचिव र उपसचिव तहमा कार्यरत कर्मचारीहरूलाई विभिन्न विभाग, आयोजना र कार्यालयहरूमा जिम्मेवारी तोकिएको हो। मन्त्रालयका अनुसार नियमित कार्यसम्पादनलाई प्रभावकारी बनाउन र जनसेवामा सहजता ल्याउने उद्देश्यले सरुवा गरिएको हो। सरुवा भएका कर्मचारीहरूले चाँडै तोकिएको कार्यालयमा कार्यभार ...

फेरिए १३ जिल्लाका सिडिओ, चितवनका प्रकाश पौडेल बारामा सरुवा

फेरिए १३ जिल्लाका सिडिओ, चितवनका प्रकाश पौडेल बारामा सरुवा
गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्ने निर्णय गरेको हो । यस क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बारामा सरुवा गरिएको छ । पौडेलले चितवनमा रहेर विभिन्न प्रशासनिक काम, शान्ति सुरक्षा व्यवस्थापन तथा समन्वयकारी भूमिकामा सक्रियता देखाएका थिए । नयाँ सरुवासँगै अब उनले बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । गृहमन्त्रालयले अन्य ज...

गुल्मी चितवन मैत्री समाजद्वारा तीज विशेष कार्यक्रमको आयोजना

गुल्मी चितवन मैत्री समाजद्वारा तीज विशेष कार्यक्रमको आयोजना
चितवन- गुल्मी चितवन मैत्री समाज, भरतपुर–चितवनद्वारा तीज विशेष कार्यक्रम २०८२ को आयोजना गरिने भएको छ। समाजले एक विशेष कार्यक्रमको आयोजना गर्दै समुदायभित्रको आपसी सौहार्द, सांस्कृतिक जगेर्ना र तीज पर्वको महत्वलाई उजागर गर्ने उद्देश्य लिएको छ। कार्यक्रम  भदौ ५ गते विहीबारका दिन बिहान ११:३० बजेबाट सुरु हुने छ। कार्यक्रम स्थल भरतपुर–४ स्थित धर्मचोकको ‘कटेरो पार्टी प्यालेस’ तोकिएको छ। संस्थाले सार्वजनिक रूपमा जारी गरेको निमन्त्रणापत्रमा सम्पूर्ण सदस्य, शुभेच्छुक र चितवनमा बसोबास ...

खैरहनीका इमान्दार प्रशासक सापकोटा योजना आयोग सरुवा

खैरहनीका इमान्दार प्रशासक सापकोटा योजना आयोग सरुवा
चितवन -खैरहनी नगरपालिकामा प्रशासनिक सुदृढीकरण र सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हालैको निर्णयअनुसार उनी आयोगमा सरुवा भएका हुन्। इमान्दार, कर्तव्यनिष्ठ र शुशासनप्रति प्रतिबद्ध राष्ट्रसेवकको रूपमा परिचित सापकोटाले खैरहनीमा आफ्नो कार्यकालमा राम्रो प्रशासनिक थिति बसाल्न सफल भएका थिए। नगरपालिकाको आन्तरिक व्यवस्था, सेवाग्राहीमैत्री सेवा प्रवाह ...

म एमालेकै कार्यकर्ता हुँ, आलोचनाबाट मुक्त छैन – विद्यादेवी भण्डारी

म एमालेकै कार्यकर्ता हुँ, आलोचनाबाट मुक्त छैन – विद्यादेवी भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् ।विराटनगरमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन । कोही पनि छैन । यस विषयमा धेरै छलफल आवश्यक छैन । हिजो पनि एमाले भएकै कारण पार्टीले निर्णय गरेर राष्ट्रपति भएको हुँ ।’ राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको भन्दै उनले अगाड...

अर्किड कलेजका सागर ज्ञवालीको ऐतिहासिक सफलता: सीए अन्तिम परीक्षामा नेपाल टप

अर्किड कलेजका सागर ज्ञवालीको ऐतिहासिक सफलता: सीए अन्तिम परीक्षामा  नेपाल टप
चितवनस्थित अर्किड कलेजका विद्यार्थी सागर ज्ञवालीले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) द्वारा सञ्चालित CA Final (CAP III) परीक्षामा राष्ट्रव्यापी पहिलो स्थान हासिल गरेका छन्।यही मात्र होइन उनले उक्त परीक्षामा ICAN को इतिहासमै सबैभन्दा उच्च अंक प्राप्त गर्दै नयाँ राष्ट्रिय कीर्तिमान पनि कायम गरेका छन्। सागरको यस उपलब्धिले उनलाई नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षामा एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।उनको निरन्तर अभ्यास गहिरो प्रतिबद्धता र आत्मविश्वासले आज...

अनेमसंघ भरतपुर–१२ मा नयाँ नेतृत्व, अध्यक्षमा पुनः गायत्री श्रेष्ठ चयन

अनेमसंघ भरतपुर–१२ मा नयाँ नेतृत्व, अध्यक्षमा पुनः  गायत्री श्रेष्ठ चयन
चितवन- अखिल नेपाल महिला संघ, वडा कमिटी भरतपुर महानगरपालिका–१२ को आठौं सम्मेलन तथा तीज विशेष कार्यक्रम आज भव्य  रूपमा सम्पन्न भएको छ। सम्मेलनमार्फत संगठनको नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा क. गायत्री श्रेष्ठ पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ। उहाँ यसअघि पनि अध्यक्ष पदमा रहनु भएको थियो र यसपटक पुनः नेतृत्वको जिम्मेवारी लिनुभएको हो। अन्य निर्वाचित पदाधिकारीहरूमा  गंगा दुवाडी (उपाध्यक्ष), अञ्जना नेपाल (सचिव) र  संगीता बानियाँ (कोषाध्यक्ष) रहनु भएको छ। त्यस्तै सदस्य प...

कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि बिहीवार चितवनमा सेमिनार हुँदै

कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि बिहीवार चितवनमा सेमिनार हुँदै
चितवन-  दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै गोल्डेन इमिनेन्ट प्रा.लि. को आयोजनामा भोलि साउन २९ गते चितवनको भरतपुर गार्डेन रिसोर्टमा बृहत शैक्षिक सेमिनार आयोजना हुँदैछ। कार्यक्रममा कोरियाको प्रतिष्ठित क्यूंगसंग युनिभर्सिटी (Kyungsung University) का डिन र प्राध्यापकहरू सहितको प्रतिनिधिमण्डल सहभागी हुँदैछ। सेमिनारमा कोरियाली विश्वविद्यालय, कोर्स, छात्रवृत्ति, भर्ना प्रक्रिया, भिसाको सम्भावना, ट्युसन फि, कोरियाली जीवनशैली तथा कानुनी पक्षहरूब...