भरतपुरमा ‘तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो–२०८२’ हुने
चितवन- तीजको सांस्कृतिक पर्वलाई उद्यमशिलता र आत्मनिर्भरताको सन्देशसँग जोड्दै चितवनमा ‘तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८२’ को आयोजना गरिने भएको छ। चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले चितवन उद्योग संघको संरक्षकत्वमा साउन ३०, ३१ र भाद्र १ गते भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा मेलाको आयोजना गर्न लागेको हो।
आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले मेला आयोजना हुने जानकारी दिएको हो। मेलामा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न उत्पादन...


