चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२५ ’ पत्रकार शान्ता अधिकारीलाई प्रदान गरेको छ ।२२औं वार्षिकोत्सवको अवसरमा एक्सपर्टले २५ हजार १११ रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरेको हो ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारीले पत्रकार अधिकारीलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।पुस्कार ग्रहण गर्दै पत्रकार अधिकारीले यो पुरस्कारले पत्रकारितामा थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँले सम्मानका लागि एक्सपर्टलाई धन्यवाद दिँदै पत्रकारितामा थप क्रियाशिलता बढाउने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष आचार्यले शैक्षिक परामर्श संस्थाले पत्रकारहरुको योगदानलाई कदर गर्दै पुरस्कार स्थापना गर्नु सकरात्मक रहेको बताउनुभयो । उहाँले यस्ता सम्मानले पत्रकारहरुलाई थप जिम्मेवार बनाउने भन्दै क्रियाशिलता देखाउन पनि प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले पछिल्लो समय मिडिया क्षेत्र नै संकटमा पर्दै गइरहेको भन्दै पत्रकारहरु पनि जोखिमपूर्ण रहेको अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले शैक्षिक परामर्श क्षेत्रमा एक्सपर्टले सह्रानिय काम गरेको भन्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएकोमा धन्यवाद दिनुभयो । उहाँले कुनै पनि विद्यार्थी दुःख नपाउने वातावरण बनाउनमा सबै सजग हुनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्न एक्सपर्टले पुरस्कार स्थापना गरेकोमा धन्यवाद दिनुभयो ।
एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले सबैको साथ र सहयोगबाट एक्सपर्ट यो स्थान आइपुगेको भन्दै सबैमा धन्यवाद दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई हौसला दिन नै पुरस्कार स्थापना गरिएको भन्दै पछिल्लो समय साहित्यीक क्षेत्रलाई पनि प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको बताउनुभयो ।
कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका संस्थापक अध्यक्ष शिवराज गिरी, एक्सपर्ट प्रेप चितवनका प्रिन्सिपल प्रचण्ड हमाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको आधारभूत तह उत्तीर्ण परीक्षा–२०८१ मा कक्षा ८ बाट प्रथम हुन सफल कविलास मावि, भरतपुर–२९ की कक्षा ९ अध्ययनरत विद्यार्थी सुजिता गुरुङलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गर्दै समुद्घाटन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



उज्यालो खबर




