चितवन- अखिल नेपाल महिला संघ, वडा कमिटी भरतपुर महानगरपालिका–१२ को आठौं सम्मेलन तथा तीज विशेष कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनमार्फत संगठनको नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा क. गायत्री श्रेष्ठ पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ।
उहाँ यसअघि पनि अध्यक्ष पदमा रहनु भएको थियो र यसपटक पुनः नेतृत्वको जिम्मेवारी लिनुभएको हो। अन्य निर्वाचित पदाधिकारीहरूमा गंगा दुवाडी (उपाध्यक्ष), अञ्जना नेपाल (सचिव) र संगीता बानियाँ (कोषाध्यक्ष) रहनु भएको छ।
त्यस्तै सदस्य पदमा क्रमशः गीता कुँवर, तारा क्षेत्री, गंगा अर्याल, बिन्दु क्षेत्री, शर्मिला श्रेष्ठ, लक्ष्मी न्यौपाने, मिना थिङ, सृजना अधिकारी, सुसिला घिमिरे, अप्सरा पाण्डे, सीता बिक, अनिसा केसी बिष्ट र विद्या चापागाईं निर्वाचित हुनुभएको छ।
पुनः अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले महिला अधिकार, लैंगिक समानता र सामाजिक न्यायका पक्षमा संगठनले अझ दृढताका साथ काम गर्ने बताउँदै सम्पूर्ण टोलीलाई बधाई दिनुभयो। उहाँले विगतको अनुभव र सशक्त टोलीको सहकार्यमा संगठनलाई अझ उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सम्मेलनसँगै आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रमले वातावरण उल्लासपूर्ण बनायो। कार्यक्रममा संघका अगुवा नेतृहरू, स्थानीय महिलाहरू, सदस्यहरू र नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।



उज्यालो खबर




