×

चितवन –खैरहनी नगरपालिकामा प्रशासनिक सुदृढीकरण र सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हालैको निर्णयअनुसार उनी आयोगमा सरुवा भएका हुन्।

इमान्दार, कर्तव्यनिष्ठ र शुशासनप्रति प्रतिबद्ध राष्ट्रसेवकको रूपमा परिचित सापकोटाले खैरहनीमा आफ्नो कार्यकालमा राम्रो प्रशासनिक थिति बसाल्न सफल भएका थिए। नगरपालिकाको आन्तरिक व्यवस्था, सेवाग्राहीमैत्री सेवा प्रवाह र समन्वयात्मक कार्यशैलीमार्फत उनले खैरहनीलाई व्यवस्थित प्रशासनिक गति दिएका थिए।

उनको स्थानमा नेत्रप्रसाद पौडेल खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आउन लागेका छन्। पौडेलसँग पनि स्थानीय प्रशासनमा लामो अनुभव छ, र उनलाई सापकोटाले बनाएको सकारात्मक जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको पनि सरुवा भएको छ। लम्साल तनहुँको ब्यास नगरपालिकामा जाने भएका छन्।  लम्सालको स्थानमा बर्दघाट नगरपालिकाबाट प्रकाश खनाल रत्ननगर आउने भएका छन्।

नगर प्रमुख प्रशासकीय अधिकृतहरूको यो सरुवालाई दुबै नगरपालिकामा नयाँ नेतृत्वका साथ नीतिगत स्थायित्व र सेवा प्रभावकारितामा अझ सुदृढता आउने आशामा हेरिएको छ।

तपाईको प्रतिक्रिया