×

चितवन- गुल्मी चितवन मैत्री समाज, भरतपुर–चितवनद्वारा तीज विशेष कार्यक्रम २०८२ को आयोजना गरिने भएको छ। समाजले एक विशेष कार्यक्रमको आयोजना गर्दै समुदायभित्रको आपसी सौहार्द, सांस्कृतिक जगेर्ना र तीज पर्वको महत्वलाई उजागर गर्ने उद्देश्य लिएको छ।

कार्यक्रम  भदौ ५ गते विहीबारका दिन बिहान ११:३० बजेबाट सुरु हुने छ। कार्यक्रम स्थल भरतपुर–४ स्थित धर्मचोकको ‘कटेरो पार्टी प्यालेस’ तोकिएको छ।

संस्थाले सार्वजनिक रूपमा जारी गरेको निमन्त्रणापत्रमा सम्पूर्ण सदस्य, शुभेच्छुक र चितवनमा बसोबास गर्ने गुल्मीवासीलाई कार्यक्रममा उपस्थित भई तीज पर्वको रौनकमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, महिला सहभागिता र तीजको महत्वसम्बन्धी विभिन्न गतिविधिहरू समावेश गरिने जानकारी आयोजकले दिएका छन्।

गुल्मी चितवन मैत्री समाज, चितवनमा बसोबास गर्ने गुल्मी जिल्लावासीहरूको साझा संस्था हो, जसले सामाजिक, सांस्कृतिक तथा आपसी सहयोग र मेलमिलापमा आधारित कार्यक्रमहरू गर्दै आएको छ।

तपाईको प्रतिक्रिया