चितवन- भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी पुलबाट बिहिबार साँझ एक युवकले हाम फालेका छन् ।साँझ करिब साढे ७ बजे पुलमा कालो रंगको सुटकेस र खैरो रंगको पछाडि बोकेको ब्याग छोडी ती युवकले नदीमा हाम फालेको चितवन प्रहरीले जनाएको छ ।
घटनापछि विपद् व्यवस्थापनसहितको प्रहरी टोली खटिएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।प्रहरीका अनुसार हाम फाल्ने व्यक्तिको परिचय कास्की जिल्ला पोखरा महानगरपालिका–९ बस्ने ३२ वर्षीय युनिक श्रेष्ठका रूपमा खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




