चितवन – ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ एजुकेशन फेयर सुरु हुने भएको छ । नेपालका प्रमुख शहरहरूमा आयोजना हुने फेयर अन्तर्गत चितवनको नारायणगढस्थित ग्रेस इन्टरनेशनल कार्यालयमा आगामी अगष्ट २९ गतेदेखि कार्यक्रम सुरु हुने ग्रेस इन्टरनेशनल नारायणगढ शाखा प्रमुख गणेश लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन क्यानडाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यस्तै सेप्टेम्बर २ मा न्यूजिल्यान्ड, ५ मा अमेरिका, ९ मा अष्ट्रेलिया र १३ मा बेलायतका शैक्षिक संस्थाका प्रतिनिधिहरू उपस्थित हुनेछन् । पाँच देशका ५० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू फेयरमा प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ ।
शिक्षा सेवामा सन् २००६ देखि सक्रिय ग्रेस इन्टरनेशनलले चितवनसँगै काठमाडौं (बागबजार), बुटवल, विराटनगर, इटहरी, पोखरा र बागलुङमा समेत फेयर आयोजना गर्दैछ । विद्यार्थी तथा अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । फेयर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
फेयरमा सहभागी विद्यार्थीहरूका लागि स्वीमिङ भौचर, आइएलटिएस–पिटिइ शुल्कमा ५० प्रतिशत छुट, मुभी टिकटलगायत विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिसँग व्यक्तिगत एक–एक परामर्श गर्न पाउनेछन् भने सय प्रतिशतसम्म छात्रवृत्ति, अन–द–स्पट एड्मिसन सुविधा तथा निःशुल्क प्रोफाइल मूल्याङ्कनको पनि व्यवस्था गरिएको छ ।
ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्षदेखि सयौं विद्यार्थीलाई शैक्षिक परामर्श र भाषा कक्षाको सेवा दिँदै आएको छ । संस्थाले चितवनमा विश्वासिलो शैक्षिक परामर्शदाताको रुपमा आफ्नो पहिचान बनाइसकेको छ ।
लामिछानेका अनुसार, “एडुभर्स २०२५ ले नेपाली विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने उत्कृष्ट अवसर दिनेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय लिन सहयोग पुर्याउनेछ ।”



उज्यालो खबर




