काठमाडौं । अविरल वर्षासँगै बढेको पहिरोको जोखिमका कारण चितवन ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ।
शुक्रबार रातिदेखि लगातार वर्षा भइरहेकाले तुइन खोलासहितका क्षेत्रमा ढुङ्गा खस्ने क्रम रोकिएको छैन। शुक्रबार राति बाटो एकतर्फी चलाइए पनि शनिबार बिहानैदेखि पूर्ण रूपमा यातायात रोकिएको चितवन ट्राफिकले जानकारी दिएको छ।
‘तुइन खोलामा पहिरो तथा केही स्थानमा ढुङ्गा खस्ने क्रम जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा सडकमा सवारी आवागमन रोकिएको छ,’ चितवन ट्राफिकले सामाजिक सञ्जालमार्फत जनाएको छ।



उज्यालो खबर

