चितवन — चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला नजिकैको मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ।
जिल्ला सुरक्षा समितिका अनुसार सो क्षेत्रमा अझै पनि सुख्खा पहिरो खस्ने उच्च जोखिम कायम रहेकाले यात्रु सुरक्षालाई मध्यनजर गर्दै आज राति ९:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको हो।
समितिले यात्रु, चालक र सम्बन्धित सरोकारवालाहरुलाई असुविधा भए पनि सुरक्षालाई प्राथमिकतामा राखी निर्णयमा सहयोग गर्न अनुरोध गरेको छ।




















उज्यालो खबर

















