चितवन । ओली कुटी निर्माण अभियानका लागि युवा संघ नेपाल चितवनका नेता शंकर अधिकारीले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
अधिकारीले यसअघि हिजो घोषणा गरेको १० हजार रुपैयाँमा थप ९० हजार रुपैयाँ जोड्दै कुल एक लाख सहयोग गर्ने घोषणा गरेका हुन्। उनले भने, “ओली कुटीका लागि घोषणा गरिएको रकम नपुगेमा अझ थप गर्न पनि तयार छु।”
ओली कुटी निर्माण अभियानमा विभिन्न व्यक्ति, संघ–संस्था र समर्थकहरूले आर्थिक सहयोग प्रदान गर्दै आएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको योगदान र विचारलाई स्मरणीय बनाउने उद्देश्यले उक्त कुटी निर्माण अभियान अघि बढाइएको हो।



उज्यालो खबर




