चितवनमा ‘क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’, सिएससी ग्लोबलको विशेष पहल
क्यानडामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरूका लागि लक्षित गर्दै सिएससी ग्लोबल (CSC Global) ले विशेष कार्यक्रम ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ आयोजना गर्ने भएको छ।उक्त कार्यक्रम यही पौष १३ गते (डिसेम्बर २८) सिएससी ग्लोबलको कार्यालय, गणेश हल मार्ग, लायन्सचोक, चितवन मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
सिएससी ग्लोबल चितवनका सिनियर काउन्सिलर रुपेश गौतम का अनुसार कार्यक्रमको मुख्य उद्देश्य क्यानडामा अध्ययन गर्...


