×

भरतपुर- भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। हाल उक्त पदमा कार्यरत अधिकृतको गृहमन्त्रालयमा सरुवा गरिएको हो।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित ६० जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भरतपुर महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई गृहमन्त्रालयमा जिम्मेवारी दिइएको हो।

उनको सरुवा भएपछि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा बिरेन्द्रदेव भारती आउने भएका छन्। भारती यसअघि पनि भरतपुर महानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक हुन्।

भरतपुर आउन लागेका भारतीसँग ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभव रहेको छ। ठूला महानगरपालिकामा काम गरिसकेको उनको अनुभवले भरतपुर महानगरपालिकाको प्रशासनिक तथा विकास व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया