चितवन-१ एमालेले पाण्डेलाई किन छोड्यो ?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले चितवन क्षेत्र नम्बर–१ बाट छ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समितिको आज बसेको बैठकले पूर्व प्रदेश मन्त्रीसहित छ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस हुनेमा बागमती प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री एवं एमाले प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला पोख्रेल, एमाले केन्द्रीय विभागका पूर्व सदस्य डा. किशोर खनाल,...


