रत्ननगर महोत्सवमा पार्किङ शुल्क घटाउन सिडिओको निर्देशन
चितवन - रत्ननगर महोत्सव २०८२ मा पार्किङ शुल्क अत्यधिक लिइएको विषयले स्थानीय जनतामाझ र सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ। महोत्सवको पहिलो दिनदेखि मोटरसाइकलको पार्किङ शुल्क ४० रुपैयाँ तोकिएपछि आगन्तुकहरूले त्यसलाई मनपरी र बढी भएको बताएका थिए।
शुल्क सम्बन्धी गुनासो सार्वजनिक भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडीओ) गणेश अर्यालले आयोजक उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलाई फोन गरी पार्किङ शुल्क आधा मात्र लिने निर्देशन दिएका छन्। सिडीओ अर्यालले भने, “महत्त्वप...


