×

चितवन सेरोफेरो

चितवनमा कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ माघ १८ देखि

चितवनमा कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ माघ १८ देखि
चितवन - कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आरम्भ कलेजको आयोजनामा ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। उक्त प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११, चितवन मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता रहने लक्ष्य लिइएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्। विद्यार्थीहरूमा ...

जनतासँग जनताकै लागि, विकासको नाम – बिक्रम पाण्डे

जनतासँग जनताकै लागि, विकासको नाम – बिक्रम पाण्डे
“विकास शहरबाट होइन, गाउँबाट सुरु हुनुपर्छ” भन्ने दृढ मान्यतालाई व्यवहारमै उतार्दै पश्चिम चितवनको विकास यात्राका प्रमुख निर्माता रूपमा स्थापित नाम हो— बिक्रम पाण्डे। विकास, राजनीति र समाजसेवामा निरन्तर समर्पणका कारण उहाँ आज चितवन मात्र नभई राष्ट्रिय स्तरमै एक भरोसायोग्य र लोकप्रिय जननेताका रूपमा चिनिनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा उपाध्यक्ष रहेका पाण्डे ज्यु सिद्धान्तमा अडिग, निर्णयमा स्पष्ट र जनताको काममा निरन्तर क्रियाशील नेता हुनुहुन्छ। प...

चितवन–३ बाट सोबिता गौतमको उम्मेदवारी दर्ता, रास्वपामा उत्साह र भरोसा

चितवन–३ बाट सोबिता गौतमको उम्मेदवारी दर्ता, रास्वपामा उत्साह र भरोसा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार भरतपुर–१५ स्थित रामपुर क्याम्पसमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। गौतमको उम्मेदवारीमा रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुसाल प्रस्तावक र भरतपुर महानगरपालिका उपसभापति आशिष लो तामाङ समर्थक रहेका छन्। उम्मेदवारी दर्ताका क्रममा तीनवटै क्षेत्रमा पर्ने सबै वडाका प्रतिनि...

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी भावनाको विकास गर्ने बताए । उनले नियमित पठनपाठनसँगै अतिरिक...

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार
काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् । यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।

अधुरो भवन उद्घाटन राजनीतिक स्टन्टबाजी हो: रास्वपा

अधुरो भवन उद्घाटन राजनीतिक स्टन्टबाजी हो: रास्वपा
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर समितिले निर्माण कार्य पूरा नहुँदै भरतपुर महानगरपालिकाले प्रशासनिक भवन उद्घाटन गर्न लागेकोप्रति कडा आपत्ति जनाएको छ। पार्टीले यस कदमलाई विकासको नाममा गरिएको राजनीतिक प्रदर्शन र गैरजिम्मेवार निर्णयको रूपमा व्याख्या गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा रास्वपाले अधुरो संरचनाको उद्घाटन गर्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग मात्र नभई राज्यकोषबाट खर्च भएको रकमप्रति गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएको छ। भवन पूर्ण रूपमा सुरक्ष...

चितवनमा सुतेकै अवस्थामा हातखुट्टा बाँधेर वृद्धाको हत्या

चितवनमा सुतेकै अवस्थामा हातखुट्टा बाँधेर वृद्धाको हत्या
चितवन-  चितवनको रत्ननगर नगरपालिका–४ मा एक महिलाको विभत्स हत्या भएको छ। ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति हत्या भएको चितवन प्रहरीले जनाएको छ। रत्ननगर–४ स्थित आफ्नै घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको शव शनिबार दिउँसो प्रहरीले फेला पारेको हो। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार तामाङ सुतेकै ओछ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार लुटपाट गर्ने उद्देश्यले घरमा प्रवेश गरी तामाङलाई बाँधेर...

विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने

विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने
काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ।त्यसअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिनेछ। सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपन्डोलबाट निस्कने जुलुस भृकुटीमण्डप पुग्नेछ। विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंको जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्।२०१४ सालमा मोरङमा भएको पहिलो विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व त्यतिबेला मो...

नारायणी एक्सपो २०८२ : व्यापार, संस्कृति र मनोरञ्जनको भव्य मेला चितवनमा

नारायणी एक्सपो २०८२ : व्यापार, संस्कृति र मनोरञ्जनको भव्य मेला चितवनमा
चितवन-  चितवनमा यो पुस ३० गतेदेखि माघ १४ गतेसम्म “नारायणी एक्सपो २०८२” आयोजना हुँदैछ। रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुरको आयोजनामा हुन लागेको यस एक्सपोको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्। करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको छ भने पुस २८ गतेसम्म पूर्ण तयारी पूरा हुने बताइएको छ। यस वर्षको एक्सपोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा व्यवसायिक, औद्योगिक, कृषि, पर्यटन र सेवामूलक क्षेत्रका उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्। आयोजकका अनुसार स्थानीय उ...