नेकपा संयुक्तका चितवन–३ का उम्मेदवार जितबहादुर सुनार नेकपा प्रवेश
भरतपुर – नेकपा संयुक्तका चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार जितबहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रममा नेकपा संयुक्त परित्याग गर्दै सुनार नेकपा प्रवेश गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा चितवन–३ का चुनावी कमाण्डर ईश्वरी भट्टराई ले टीका तथा खादा लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि सुनारले कम्युनिष्ट आन्दोलनको एकीकरण तथा विकासप्रेमी नेतृ रेनु दाहाल को विजयी यात्रामा सहयोग पुर्य...


