चितवन–२ प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच जम्काभेट भएको छ।
शुक्रबार भरतपुर बजारमा भएको भेटका क्रममा दुवै उम्मेदवारले हात मिलाउँदै एक–अर्कालाई शुभकामना साटासाट गरेका थिए। सो अवसरमा रास्वपा सभापति लामिछानेले निर्वाचनमा स्वस्थ, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धा हुने प्रतिबद्धता व्यक्त गरे। “हाम्रो एकदमै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ। त्यसमा ढुक्क भए हुन्छ,” उनले भने, “एकदमै सम्मानित प्रतिस्पर्धा हुन्छ।”
भेटका क्रममा कांग्रेस उम्मेदवार खरेलसँग रहेका नेता तथा कार्यकर्ताहरूले पनि स्वच्छ प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेका थिए।यद्यपि दुई प्रतिस्पर्धीबीच सकारात्मक संवाद भइरहँदा दुवै पक्षका नेता–कार्यकर्ताहरूले पछाडिबाट हुटिङ गरिरहेको सुनिन्थ्यो।




















उज्यालो खबर










