चितवन- चितवनको भरतपुरमा सम्पन्न ‘आरम्भ कप बास्केटबल प्रतियोगिता’को उपाधि भरतपुरस्थित अंकुरम एकेडेमीले हात पारेको छ।शुक्रबार भएको फाइनल खेलमा अंकुरमले खैरहनीको सैनिक आवासीय माध्यमिक विद्यालयलाई ८२–७४ अंकले पराजित गर्दै उपाधि जित्न सफल भयो। उपाधिसँगै अंकुरमले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
उपविजेतामा सीमित भएको सैनिक आवासीय माविले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।विजेता तथा उपविजेता टिमलाई आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटी, प्रतियोगिता संयोजक शिशिरजंग कुँवरलगायतले पुरस्कार वितरण गरेका थिए।
आरम्भ कलेजको आयोजनामा भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा चितवन र नवलपुरका २४ वटा टिमको सहभागिता रहेको थियो।





















उज्यालो खबर










