चितवनमा अफ्रिकन स्वाइन फिभरका कारण १ सय बढी बंगुर मरे
चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन् ।
भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिल...


