चितवन– एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आज (सोमबार) शैक्षिक मेला ‘एक्सपर्ट एज’ भव्य रुपमा सम्पन्न गरेको छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । उनीहरुले प्रत्यक्ष रुपमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग परामर्श लिएका थिए ।
दिउँसो ३ बजेसम्म चलेको मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिएका थिए । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन पाएकोमा विद्यार्थी र अभिभावक लाभान्वित बनेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
मेलामा कतिपय प्लस टु पढ्दै गरेका विद्यार्थीहरुले समेत परामर्श लिएका थिए । भविष्यमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीले अहिलेदेखि नै अन्यौलता मेटाउन मेलामा सहभागि भएको एक्सपर्ट चितवनका अपरेसन म्यानेजर किरण पौडेलले बताए ।मेलामा आउने विद्यार्थीका लागि हात खाली नजाने उपहार राखिएको थियो । जसका कारण विद्यार्थीहरुमा थप उत्साह छाएको थियो । उनीहरुलाई आइएलटिएस वा पिटिई पढ्न चाहेमा एघार सय एघार रुपैयाँ छुट र पिटिईका लागि ४ वटा मकटेस्ट निःशुल्क उपलब्ध गराईएको छ ।
उनीहरुलाई लक्की ड्र बाट आइएलटिएस परीक्षा शुल्कमा समेत विशेष छुट दिईएको थियो भने राइनो क्रुजसिपको टिकेट, क्याफेको डिस्काउन्ट भौचर, स्केटिङ टिकेट तथा एक्सपर्टको लोगो अङ्कित विभिन्न उपहार प्रदान गरिएको एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।
एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।



उज्यालो खबर




